राप्रपाको प्रस्ताव : ‘राजसंस्था, जेनजी र दलबीच त्रिपक्षीय समझदारी हुनुपर्छ’

लोकपथ
784
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशलाई राजनीतिक निकास दिन राजसंस्थासहितको नवीन त्रिपक्षीय समझदारी गर्नुपर्ने प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरेको छ ।

विघटित प्रतिनिधिसभाको पाँचौँ ठुलो दल राप्रपाले सरकार र दलहरूबिच भएको यो बैठकमा पहिलो पटक राजसंस्था, जेनजी आन्दोलन र राजनीतिक दलहरूबिच सहकार्यको अवधारणा अघि सारेको हो ।

बैठकमा सहभागी राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठ का अनुसार, जेनजी विद्रोहपछिको अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्न अहिलेको अन्तरिम अवधिलाई सदुपयोग गर्नुपर्ने र देशले विगतका त्रुटिहरू सच्याउने ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने पार्टीको धारणा बैठकमा राखिएको हो ।

उनले भने ,  ‘राप्रपाको तर्फबाट हामीले जेनजी विद्रोह र त्यसपछि सिर्जित परिस्थितिलाई देशले विगतका त्रुटि कमजोरी सच्याउने ऐतिहासिक अवसरको रूपमा सदुपयोग गर्नुपर्ने, परम्परागत शक्तिको प्रतिनिधि संस्था राजसंस्था (राजा), अहिलेको परिवर्तनकारी शक्ति जेनजी, र राजनीतिक दलहरूबिच निर्वाचन अगावै नवीन समझदारी हुनुपर्ने र त्यसपछि मात्रै निर्वाचनमा जानुपर्ने विषय बैठकमा राखेका छौँ ।’

बैठकमा राप्रपाका तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहनकुमार श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?