काठमाडौं । स्कटल्यान्डका बलिङ अलराउन्डर मार्क वाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
कर्णालीले सामाजिक सञ्जालमार्फत वाटलाई पहिलो विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो ।
२९ वर्षीय वाट स्कटल्यान्डका अनुभवी टी-२० खेलाडी हुन् । उनले स्कटल्यान्डका लागि अहिलेसम्म ७७ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले ८९ विकेट लिनुका साथै २९४ रन पनि जोडेका छन् ।
सन् २०१६ बाट स्कटल्यान्डको राष्ट्रिय टोलीमा डेब्यू गरेका वाटले सधैं आफ्नो सटीक बायाँहात स्पिन बलिङका कारण विश्व टी-२० क्रिकेटमा प्रभाव जमाउँदै आएका छन् ।
कर्णालीले एनपीएलको तयारीलाई सुदृढ बनाउने क्रममा वाटसहित थप विदेशी तथा घरेलु खेलाडी अनुबन्ध गर्ने तयारी गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया