काठमाडौं। आगामी निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा भइरहेको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत १० राजनीतिक दलका नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका साथै अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरू पनि सहभागी छन् ।
छलफलमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा ९एमाले०बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह, केदारभक्त माथेमा र विद्याधर मल्लिकसहभागी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया