वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीन बिच व्यापार सम्झौता भएन भने चीनले नोभेम्बर १ देखि १५५ प्रतिशत कर तिर्नुपर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले भने, ‘मलाई लाग्छ चीनले हामीप्रति धेरै सम्मानजनक व्यवहार गरेको छ। उनीहरूले हामीलाई करमा धेरै पैसा तिरिरहेका छन्। उनीहरूले ५५ प्रतिशत कर तिरिरहेका छन्, जुन धेरै उच्च हो ।’
उनले धेरै देशहरूले अमेरिकाको फाइदा उठाएको तर अब उनीहरूले यसो गर्न नसक्ने बताए ।
ट्रम्पले भने, ‘चीनले ५५ प्रतिशत कर तिरिरहेको छ, र यदि हामी बिच कुनै सम्झौता भएन भने, नोभेम्बर १ देखि कर १५५ प्रतिशतमा बढ्न सक्छ ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम रहेको पनि उनले बताए । आगामी हप्ताहरूमा दक्षिण कोरियामा बैठक हुने बताइएको छ । उनीहरूले अमेरिका र चीन दुवैको हितमा हुने समाधान खोज्ने ट्रम्प आशावादी देखिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया