महेश बर्तौलाको आरोप : ‘निर्वाचनको मुख्य चुनौती गृहमन्त्री अर्याल हुन्’

लोकपथ
280
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले मुलुकको शान्ति सुरक्षा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको मुख्य चुनौती गृहमन्त्री ओम अर्याल रहेको बताएका छन् । मंगलबार बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत  यस्तो बताएका हुन् । 

उनले भने,‘ यदि छानबिन र अनुसन्धान गरियो भने जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरी विध्वंस मच्चाउने ‘नर्सरीका मुख्य माली’ नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कनेछ।’

उनले थपे, ‘यिनी अहिलेसम्म पनि ईर्ष्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन् । उनी लुटिएका हतियार खोज्दैनन्, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्न गर्दैनन्, भागेका कैदी बन्दी कहाँ छन् भन्ने चासो नै राख्दैनन्।’

बर्तौलाले मुलुकमा हरेक दिन हत्या र हिंसाका घटना भइरहे पनि गृह मन्त्रीले कुनै चिन्ता नदेखाएको आरोप लगाउँदै भने,‘ शान्ति र स्थिरता भङ्ग गरेर हिंसा, अराजकता र अस्थिरता फैलाउन पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरूलाई उत्तेजित गर्न झूटा अभिव्यक्ति र घातक क्रियाकलाप गृह मन्त्रीले नै गरिरहेको  छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?