पोखरामा ६ लाखसहित २० जुवाडे पक्राउ

लोकपथ
196
Shares

कास्की  ।  प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा उनीहरूबाट नगद छ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

उनले भने, ‘तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरूलाई निगरानी गरिरहेको छ ।’ प्रहरीका अनुसार पोखरा नयाँ बजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई सय १२ पत्ती तास र नगद  दुई लाख ५१ हजार ४५५ बरामद भएको छ । 

यसै गरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १४ थान कौडा र  ७७ हजार २०५ नगद फेला परेको छ ।

यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरूको साथबाट ६ बुक तास र नगद रु दुई  लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरूलाई अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?