काठमाडौं । निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजेका लागि बोलाएको छलफलमा जसपा नेपालबाहेकका दलबाट दोस्रो तहका नेता सहभागी हुने भएका छन् ।
विघटित प्रतिनिधिसभामा राष्ट्रिय मान्यताप्राप्त सात दलका नेताहरूसँग प्रधानमन्त्रीले निर्वाचनबारे आज सामूहिक छलफल गर्न लागेकी हुन् ।
सो छलफलमा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी सहभागी हुन लागेका छन् ।
यसैगरी, विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया