काठमाडौं । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिक स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा स्कुटर चालक भरतपुर-२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गएराति भरतपुर–१० स्थित विमानस्थल नजिक बागमती प्रदेश–०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि दुवै जनालाई टाउकामा गम्भीर चोट लागेको अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनीहरूलाई चिकित्सकले राति मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया