काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदैछ ।
जोशीको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिका–३ भाषीस्थित घरबाट सुरु भई महाकाली नदीको भुजेला घाटतर्फ लगिएको हो ।
अन्त्येष्टिमा स्थानीय, आफन्त, जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको छ ।
जोशीको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । त्यसपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्याई त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको घर ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया