प्रधानमन्त्रीले आज ७ दलका नेतासँग छलफल गर्दै

लोकपथ
518
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग निर्वाचनसम्बन्धी छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्रीले राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने लागेकी हुन् ।   

 छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि तय भएको हो । 

हाल निर्वाचनबारे दलहरूसँग परामर्श नगरेको भन्दै सरकार आलोचित भइरहेका बेला प्रधानमन्त्री कार्कीले प्रमुख दलका नेताहरूसँग संवाद सुरु गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज हुने उक्त छलफलमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका तयारी, निर्वाचनको वातावरण र आवश्यक समन्वयका विषयमा केन्द्रित हुनेछ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने म्यान्डेट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?