पूर्वमन्त्री खड्का भागे भनेर मेरो अन्तर्वार्ता छापिएपछि फर्किनुभयो : गृहमन्त्री अर्याल

लोकपथ
1.7k
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको दाबी गरेका छन् ।

सिंहदरबारमा सोमबार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताए ।

गृहमन्त्री अर्यालले पुर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताए ।

आफूले अन्तर्वार्ता दिँदा पुर्वमन्त्री खड्का नेपाल नभएको उनको दाबी छ ।

उनले भने, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुपर्‍यो नी । मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वार्ता छापिएपछि आउनुभयो नी उहाँ त ।’

गृहमन्त्री अर्यालले आइतबार सञ्चारमाध्यममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममा रहेको अन्तर्वार्ता दिएका थिए । सोमवार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री विवादमा मुछिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?