यसपाली किन भयो फूल र माला महंगो ?

लोकपथ
119
Shares

काठमाडौं । यसपालीको तिहारमा फूल महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो हुन पुगेको हो । बजारमा पर्याप्त फूल नभएको कारण महंगो हुन पुगेको उपभोक्ताहरुको गुनासो छ ।

गत वर्षहरुमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरुको भनाई छ । नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ । विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरुले बताएका छन् । प्लाष्टिकको फूल रोकेकोमा भने उपभोक्ताहरुले स्वागत गरेका छन् । उनीहरुले बजार अनुगमनको पनि खाँचो औँल्याएका छन् ।

फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरुको बजारमा घुँईचो लागेको छ ।

काठमाडौं महानगरपालिकाले तिहारको लागी फूल र माला बेच्नको लागी ३२ स्थान तोकिदिएको छ । सोमबार लक्ष्मीपुजा भएकोले पनि बजारमा फूल किन्नको लागी विशेष चहलपहल बढेको हो । तिहारमा नेपालीहरुले फूलले घर सजाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?