काठमाडौं । सोमबार बिहान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान धावनमार्ग (रनवे) बाट चिप्लिएर समुद्रमा खस्दा दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको छ ।
दुर्घटना स्थानीय समयानुसार सोमबार बिहान करिब ३ बजेर ४० मिनेट जाँदा भएको बीबीसीले जनाएको छ ।
दुर्घटनाग्रस्त विमान एमिरेट्सको फ्लाइट ईके–९७८८ हो, जसले दुबईबाट हङकङका लागि कार्गो उडान भरिरहेको थियो ।
विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर विमानस्थलको गस्ती गाडी (प्याट्रोल कार) सँग ठोक्किएको जनाइएको छ ।
ठोक्किने क्रममा गाडीमा रहेका दुई जनाको मृत्यु भएको छ भने विमानमा सवार चार जना चालक दलका सदस्यहरू जीवितै उद्धार गरी अस्पताल पठाइएको हङकङ अधिकारीहरूले बताएका छन् ।
विमान अवतरणका क्रममा लिएको मार्गबारे प्रश्न उठेका कारण अधिकारीहरूले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन् । विमानस्थलका अधिकारीहरूका अनुसार, कार्गो विमानलाई सही निर्देशन दिइएको थियो र धावनमार्गमा विमानहरूलाई मार्गदर्शन गर्ने आवश्यक संकेतहरू पनि सक्रिय थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया