जेनजी आन्दोलन : सर्वोच्च अदालतमा मात्रै १ अर्ब २१ करोड बढीको क्षति [विवरणसहित]

लोकपथ
819
Shares

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा न्याय निरुपणको सर्वोच्च निकाय सर्वोच्च अदालत समेत खण्डहर बन्यो ।

सो क्रममा सर्वोच्च अदालतमा मात्रै १ अर्ब २१ करोडको क्षति भएको तथ्यांकले देखाएको छ ।

जेनजी आन्दोलनबाट घटेका घटनाहरुको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन अनुसार सर्वोच्च अदालतमा १ अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँ बराबरको क्षति भएको हो ।

रामशाहपथमा रहेको सर्वोच्च अदालतको मुल भवनमा आगजनी र तोडफोड हुँदा ५० करोड बराबरको क्षति भएको छ । त्यस्तै सवारी साधन ४० करोड बढी रहेको छ । आयोगका अनुसार ४० करोड १९ लाख ५ हजार ७ सय ८ रुपैयाँ मूल्य रहेको सवारी पूर्ण रुपमा क्षति भएको हो । त्यति मात्र होइन २८ करोड ७३ लाख १५ हजार ९ सय ३० रुपैयाँ बराबरको जिन्सी सामान –खर्च भएर नजाने) समेत जलेर नष्ट भएका छन् । त्यस्तै खर्च भएर जाने २४ लाख १९ हजार ४ सय १३ रुपैयाँ बराबरको जिन्सी सामान नष्ट भएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन अनुसार २ लाख ५ लाख ५० हजार बराबरका सवारीसाधनहरु आंशिक क्षति भएका छन् ।

जेनजी आन्दोलन उग्र बन्दा अदालत समेत निशानामा परेका थिए । भदौ २४ मा सर्वोच्चमा तोडफोड र आगजनी हुँदा महत्वपूर्ण कागजात समेत जलेर नष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?