प्रहरीलाई बर्दी खोल्न लगाएर आक्रमण गर्ने घिसिङ पक्राउ, बैकिङ कसुरका समेत फरार प्रतिवादी

लोकपथ
3.5k
Shares

काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरुको बर्दी खोल्न लगाई सांघातिक आक्रमण गर्नेमध्ये एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा घर भइ हाल काठमाडौंको जडिबुटीमा बस्दै आइरहेका ४८ वर्षीय गौतम घिसिङ रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनीसहितको समूहले प्रहरीलाई बर्दी खोल्न लगाइ सांघातिक आक्रमण गरेको थियो । साथै प्रहरी बृत्त बानेश्वरमा आगजनी गर्ने, लुटपाट गर्नेसहित प्रहरीहरुलाई खोलामा लखेटी लखेटी सांघातिक आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनी फरार प्रतिवादी हुन् । उनीविरुद्ध २०७९ असोज ४ गते र सोही वर्षको फागुन १० गते प्रहरी वृत्त गौशालामा बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो । त्यस समयमा फरार रहेका घिसिङ पुनः अपराधमा जोडिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?