काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई निलम्बनमा परेका छन् ।
एन्फाका कार्यवाहक अध्यक्षी वीरबहादुर खड्काले आजैको मितिदेखि लागु हुनेगरी राईलाई निलम्बन गरेका हुन् ।
संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । तर राईले कुनै जवाफ नदिएको भन्दै अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको बताए । साथै उक्त समयसम्म कार्यवाहक महासचिवको जिम्मेवारी सहायक महासचिव दामोदर भट्टराईलाई जिम्मेवारी तोकिएको समेत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया