चुनावी प्रचारका क्रममा लडेर घाइते भए नारायणकाजी

गोरखा, २२ कात्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् उनी लडेर सामान्य घाइते भएको र बारपाक क्षेत्रमा बुधबार घरदैलो कार्यक्रममा समेत हिँडेर जान नसकेको बताइएको छ सौरपानीमा मंगलबार चुनावी सभामा सहभागी हुने क्रममा उनी रडमा अल्झिएर लड्दा निधार र दायाँ खुट्टामा चोट लागेको छ घाइते भएपछि उनी बुधबार बारपाकमा हुने भनिएको घरदैलोमा सहभागी हुन नसकेपनि गाडीबाट सो स्थानमा भएको चुनावी सभामा भने सहभागी भएका छ बुधबार उनले दुई वर्षअघि आएको बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको बारपाकका स्थानीयबासीसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?