काठमाडौं । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा सोधपुछका लागि प्रहरीले गायक बाबुल (धनबहादुर) गिरीलाई बोलाएर सोधपुछ सुरु गरेको छ ।
गायिका पौडेलले शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । उनले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सोधपुछका लागि गिरीलाई बोलाइएको बताए ।
सो घटनामा गायक गिरी पनि सामान्य घाइते भएका छन् । उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको भएपनि शनिबार नै डिस्चार्ज गरिएको थियो । डिस्चार्जलगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो
गिरीविरुद्ध अहिलेसम्म कुनै उजुरी, जाहेरी नभएका कारण मुद्दा चल्ने अवस्था नरहेको र म्याद थपेर मुद्दा चलाइहाल्नुपर्ने कुनै कारण नभएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया