काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले पदबाट स्वैच्छिक राजीनामा दिएका छन् । किरण उपनामले चिनिने वैद्यले नेता सीपी गजुरेललाई महासचिवको जिम्मेवारी दिएका छन् । वैद्य अब सल्लाहकारको भूमिकामा रहने भएका छन् ।
महासचिवको जिम्मेवारी पाएका गजुरेलले क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रूपमा अनुमोदन गरिसकेको बताए ।
उनले वैद्यले स्वास्थ्यका कारण महासचिवले पद छोडेको र सल्लाहकारमा बस्ने बताए । ‘स्वास्थ्यको कारणले राजीनामा दिनु भएको हो, पार्टी छाडेको होइन,’ गजुरेलले भने, ‘उहाँ सल्लाहकारमा बस्नुहुन्छ । अनि महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि रहनुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया