वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर युवकको मृत्यु

लोकपथ
35
Shares

वीरगञ्ज । तिहारको तयारीका क्रममा झिलीमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

वीरगञ्ज महानगर–१ छपकैया टोलका १७ वर्षीय पियुसकुमार साह शनिबार साँझ घरको छतमा बत्ती लगाउँदै गर्दा दुर्घटनामा परेका हुन् ।

वाई रिङको तारमा करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार मृतक साहको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?