सप्तरीमा पुजारीको गोली हानी हत्या

लोकपथ
833
Shares

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान गोली हानी हत्या गरिएको छ ।

त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहलाई आज (आइतबार) बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरमा साह एक्लै बस्दै आएका थिए । प्रहरीका अनुसार अज्ञात समूहले उनलाई कुटीबाट निकालेर सडकमा ल्याई पिठ्युँमा गोली हानेका थिए ।

घटना भएको केही मिनेटमै स्थानीयवासीले काचनलीस्थित प्रहरी चौकीमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट टोली पुगेर अनुसन्धान सुरु गरेको हो ।

घटनास्थलबाट दुई वटा गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?