काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने भन्दै फैलाइरहेको घोषणा ‘झुटको खेती’ भएको आरोप लगाएका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा भएको सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै उनले सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर मात्र चुनाव गर्ने योजना बनाएर आम जनता ठग्ने काम गरिरहेको बताए ।
ओलीले भने, ‘चुनाव गराउने। लुटिएका हतियार कहाँ छन्रु राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनन्‘ यस्ता परिकल्पना जनतालाई झुक्याउने, जनता ठग्ने मेलो मात्रै हो ।’ उनले सरकारसँग निर्वाचन गराउने वास्तविक सोच नभएकाले आफ्नो पार्टीले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग उठाउनुपर्ने जनाएको छ ।
कार्यक्रममा ओलीले जेनजी आन्दोलन र त्यससँग जोडिएका विषयलाई समेत समाल्दै सरकारमाथि तीव्र टिप्पणी गरे । उनले अनुभवत उदाहरण दिँदै भने, ‘जेनजीले नेपालमा के गर्यो रु जेनजी आमैलाई प्रधानमन्त्री बनायो‘ अहिलेको सरकारले त्यस्तै सोच्न सक्छ होला हामीलाई। याद रहोस् मैले अस्ती नै भनेको थिएँ । यस्ता असंवैधानिक सरकारलाई छोडेर विदेश भाग्ने होइनौँ देशभित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस् संघर्ष गर्ने शक्ति हाम्रै छ।’
ओलीले व्यक्तिगत रूपमा काठमाडौं उपत्यका बाहिर जान सरकारले आफूलाई रोक्ने प्रयास गरे तापनि आवश्यक परे देशभरि घुम्ने र जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने बताए । उनले झापामा आफ्नो घर जलाइए पनि त्यहाँ जान रोक्ने कुनै अधिकार कसैलाई नभएको समेत बताए। “मलाई जति बेला काम पर्छ, त्यति बेला म साँगा कट्ने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु,‘उनले भने।
कार्यक्रममा ओलीले ‘मनपरी’ निर्णय र मौखिक आदेशमा गरिने दमनप्रति पनि असन्तोष देखाए र भने कि दलहरूलाई चुनावमा भाग लिन नदिने, संवाद नगर्ने तथा निषेध गर्ने सरकारले फागुन २१ मा चुनाव हुनसक्ने दाबी बेठिक भएको उनको तर्क थियो। त्यस कारण एमालेले प्रतिनिधि सभा पुनः स्थापना र संवैधानिक प्रक्रियाको पक्का सुनिश्चितता माग गरिरहेको उनले दोहोर्याए।
सम्पर्क समन्वय कमिटीले आयो गरेको उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू पनि उपस्थित थिए र पार्टीले आगामी कदमका सम्बन्धमा छलफल गर्ने जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया