काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई आत्मसात् गरेर आगामी निर्वाचनमा भाग लिन तयारी गरिरहेका दलहरूलाई तर्साउने प्रयास गरेको आरोप लगाएका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादीका नेता, कार्यकर्ता र विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने गतिविधि भइरहेको बताए ।
उनका अनुसार सरकारले भदौ २३ गतेको जेनजी आन्दोलनमा हत्या गर्ने र सत्तामा हालिमुहाली गर्ने बिचौलियाहरूमाथि कुनै कारबाही नगरेर उल्टै माओवादी केन्द्र र पूर्व अध्यक्ष पुष्पकमल दाहाललाई अनुसन्धानको नाममा तर्साउन खोजेको छ ।
उनले भने, ‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेण्डासहित जान्छौँ। हामी जेनजीका बलिदानलाई सार्थक बनाउनेगरि अघि बढ्छौँ । तर २३ गते दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालिमुहाली गर्ने बिचौलियालाई केही नगर्ने अनि प्रचण्ड कमरेडतिर तेर्साउन खोज्ने प्रवृत्ति स्वीकार्य छैन ।’
पुनले माओवादी केन्द्र शान्ति, लोकतन्त्र र प्रगतिशील परिवर्तन चाहने पार्टी भएको उल्लेख गर्दै माओवादीलाई हेप्ने प्रवृत्ति तत्काल त्याग्न सरकारलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया