काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १३ कात्तिकमा बस्ने भएको छ ।
शनिबार बसेको चौथो दिनको बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनप्रति शोक व्यक्त गर्दै बैठक स्थगित गरेको हो ।
केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार कांग्रेसको पाँचौँ बैठक १३ कात्तिक दिउँसो १ बजेका लागि तोकिएको छ ।
शनिबारको बैठकले शोक प्रस्ताव पारित गरी आजका लागि कार्यसूची स्थगित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया