तीन महिनामा १८ प्रतिशत बजेट खर्च

लोकपथ
70
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा सरकारले वार्षिक बजेटको १८ प्रतिशत खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, असोज मसान्तसम्ममा कुल  ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख खर्च भएको छ, जुन चालु आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब ११ करोडको वार्षिक बजेटको १८.५६ प्रतिशत हो ।

विवरणअनुसार, चालुगत खर्चमा वार्षिक विनियोजनको २१.७५ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख, पुँजीगत खर्चमा ४.७ प्रतिशत अर्थात् १ खर्ब १८ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्थामा २३.६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड खर्च भएको छ।

राजस्व संकलनको अवस्था हेर्दा, चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको १६।५१ प्रतिशत मात्रै जुटाइएको छ। यस वर्ष सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो भने असोज मसान्तसम्ममा रु २ खर्ब ५३ अर्ब १८ करोड ७९ लाख मात्रै संकलन भएको छ ।

विशेषगरी, आन्तरिक राजस्वतर्फ वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रहेकोमा हालसम्म १६.८३ प्रतिशत अर्थात्  २ खर्ब ४९ अर्ब ५ करोड १४ लाख उठाइएको छ । वैदेशिक अनुदानमा भने रु ५३ अर्ब ४४ करोड ६९ लाखको लक्ष्य राखिएकोमा हालसम्म ३।७६ प्रतिशत अर्थात् २ अर्ब ७२ लाख मात्र प्राप्त भएको छ ।

सरकारको प्रारम्भिक तीन महिनाको बजेट खर्च र राजस्व संकलनको गति हेर्दा, वार्षिक लक्ष्य पूरा गर्न अझै तीव्र कदम चाल्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?