काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले दल खोल्ने उद्देश्य केवल निर्वाचनमा भाग लिन नभएको स्पष्ट पारेका छन् ।
ढुंगानाले भने, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो प्रमुख मुद्दा हो र यसबिना कतै पनि जाने होइनौँ। पार्टी खोल्नुको अर्थ चुनाव लड्न मात्र होइन, संगठन सुदृढ पार्न, स्पष्ट नेतृत्व निर्धारण गर्न र एकजुट भएर अघि बढ्न हो।’
उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिएका छन् ।
उनले थपे, ‘आधिकारिक हुनको लागि केवल भीड भएर देश विकास हुँदैन। या त एनजिओ खोल्नुपर्छ या राजनीतिक दल खोल्नुपर्छ। अन्यथा हुलमुल मात्रै हुनेछ ।’
नयाँ दलको नाम भने सबैसँगको छलफलपछि तय गरिने ढुंगानाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया