मिराज ढुंगाना नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा

लोकपथ
8.3k
Shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।

ढुंगानाले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ । भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्छ कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन ।’

उनले जेनजी आन्दोलनमा संलग्न सबैलाई एक ठाउँमा आउन आह्वान गर्दै भने, ‘पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने निर्णयमा छन् ।’

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो । त्यो मुद्दालाई सुन्नुपर्छ । हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ ।’

उनले विदेशमा रहेका नेपालीले भोट हाल्न सक्ने व्यवस्था मिलाउनुपर्ने, र भ्रष्टाचार अन्त्य गर्न नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि सर्तका रूपमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?