५१ पृष्ठको प्रस्तावमा पौडेलले भने : ‘योगदानको कदर गर्दै नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ’ [पूर्णपाठ]

लोकपथ
301
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको पुस्तान्तरण र रूपान्तरणलाई प्राथमिकतामा राख्दै ५१ पृष्ठ लामो विस्तृत प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् । उनले नेतृत्व पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुनु स्वाभाविक र आवश्यक रहेको औँल्याएका छन् ।

उनको प्रस्तावअनुसार, नेतृत्व हस्तान्तरण ढिला गरिए समाजमा नयाँ पुस्ताको भूमिका कमजोर हुने र समग्र विकास प्रक्रिया अवरुद्ध हुने खतरा रहेको छ। पौडेलले भनेका छन्, ‘नेतृत्व हस्तान्तरण प्राकृतिक न्यायको सिद्धान्तभित्र पनि पर्दछ। सम्मानजनक ढङ्गबाट नेतृत्व पुरानो पुस्ताबाट नयाँ पुस्तामा सर्ने व्यवस्था गरौँ।’

उनले आगामी दिनमा तीन तहका सरकारमा वडा सदस्यदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्म पदमा निश्चित पटक मात्र दोहरिने व्यवस्था मिलाउनु पर्ने प्रस्ताव राखेका छन् । यसरी गर्दा पार्टीमा पछाडि रहेका व्यक्तिलाई पनि नेतृत्वमा पुग्ने विश्वास जागृत हुनेछ र आम नेपाली जनताको विश्वास कायम रहन्छ।

पौडेलले आफ्नो प्रस्तावमा भनेका छन् ,‘पार्टीलाई नयाँ नेतृत्वमार्फत रूपान्तरण गर्न सकेमा मात्र आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बलियो सम्भावना रहेको छ ।’ उनले जेनजी आन्दोलनले कम्युनिस्ट दृष्टिकोण अस्वीकार गर्दै जनउत्तरदायी प्रजातान्त्रिक शक्तिको माग गरेको उल्लेख गर्दै, यो परिस्थिति पार्टी रूपान्तरणको सुनौलो अवसर भएको बताएका छन्।

उनले नेतृत्व परिवर्तनका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिँदै दुई वटा विकल्प प्रस्ताव गरेका छन्, जसले सबै पक्षको सम्मान कायम राख्दै संकट समाधान गर्न सक्ने विश्वास व्यक्त गरिएको छ । 

यो प्रस्ताव पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व सशक्त बनाउन र आगामी आम निर्वाचनमा कांग्रेसको सशक्त उपस्थितिका लागि निर्णायक कदमको रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?