राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखसँग छलफल

लोकपथ
504
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग देशको समसामयिक सुरक्षा अवस्थामाथि छलफल गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान सुरु भएको छलफलमा जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा स्थिति, आगामी निर्वाचनको तयारी र शान्ति सुरक्षासम्बन्धी समन्वयका विषयमा मुख्यरूपमा कुराकानी भइरहेको जनाइएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीका साथै नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उपस्थित छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा शान्ति र स्थिरता कायम गर्न सबै निकायबिच आपसी समन्वय र सतर्कता आवश्यक रहेको उल्लेख गरेको स्रोतले बताएको छ ।

शीतल निवासमा जारी छलफलपछि सुरक्षा मूल्यांकन सम्बन्धी थप निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?