जापानको संसदले अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्ने

लोकपथ
105
Shares

काठमाडौं । जापानको सत्तारुढ र विपक्षी दलहरूले आउँदो अक्टोबर २१ मा नयाँ प्रधानमन्त्री चयन गर्ने सहमति गरेका छन् । 

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी अफ जापानले शुक्रबार बसेको छलफलमा निवर्तमान प्रधानमन्त्री शिगेरु इशिबाको उत्तराधिकारी चयनका लागि सो मितिमा संसदीय मतदान गर्ने सहमति जनाएका हुन् ।

योमिउरी शिम्बुनका अनुसार उक्त दिनका लागि संसद्को विशेष अधिवेशन (डाइट सत्र) बोलाइनेछ, जसमा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुनेछ । इशिबाले हालै पदबाट राजीनामा दिएपछि जापानमा नयाँ राजनीतिक नेतृत्व चयन गर्ने प्रक्रिया तीव्र भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?