काठमाडौं । नोबेल पुरस्कार विजेता तथा चिनियाँ विज्ञान प्रतिष्ठानका वरिष्ठ शिक्षाविद् प्रख्यात भौतिकशास्त्री चेन निङ याङको शनिबार १०३ वर्षको उमेरमा बेइजिङमा निधन भएको छ । उनको निधनको जानकारी सिन्ह्वा विश्वविद्यालयले जनाएको हो ।
सन् १९२२ मा चीनको आन्हुई प्रान्तको हेफेईमा जन्मिएका याङले १९४० को दशकमा उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका गएका थिए । त्यहाँ उनले शैक्षिक अनुसन्धानसँगै शिक्षण पदमा पनि कार्य गरे ।
सन् १९५७ मा उनले भौतिकशास्त्री रोबर्ट मिल्ससँग मिलेर प्रस्तुत गरेको प्रसिद्ध याङ–मिल्स गेज सिद्धान्तका लागि भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए । उक्त सिद्धान्तलाई २० औँ शताब्दीको भौतिक शास्त्रको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिहरूमध्ये एक मानिन्छ ।
चीन फर्किएपछि उनले दुई दशकभन्दा बढी समयसम्म सिङ्घ्वा विश्वविद्यालयमा अध्यापन गरे । उनले चीनमा वैज्ञानिक प्रतिभाको विकास, अनुसन्धानमा प्रोत्साहन र अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
याङको निधनले चीनसहित विश्व भौतिक शास्त्र जगत्ले एक अग्रज वैज्ञानिक गुमाएको अनुभव गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया