काठमाडौं । हिजोबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले पहिलो दिनमै करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको दाबी गरिएको छ । चलचित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ का अनुसार शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मको सबै शोहरू उत्साहजनक रहेका छन् ।
श्रेष्ठका भनाइअनुसार, देशभर करिब २३० शो सहित प्रदर्शनमा रहेको चलचित्रका अधिकांश साँझ र रातिका शोहरू हाउसफुल छन् । उनले भने, ‘ठ्याक्कै हिसाब गर्न त पाएको छैन, दिनभर हलहरूमा नै दौडिरहेको छु। तर अनुभवका आधारमा भन्नुपर्दा चलचित्रले आज करोडमाथि ग्रस कलेक्सन गरेको अनुमान छ ।’
श्रेष्ठका अनुसार चलचित्रको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि रहेको छ। यद्यपि, चलचित्रको आधिकारिक साख कलेक्सन रिपोर्ट चलचित्र विकास बोर्डमा रहेको र बोर्डले सार्वजनिक गरेपछि मात्र वास्तविक तथ्यांक बाहिर आउने बताइएको छ ।
सुयोग गुरुङद्वारा निर्देशित ‘जेरी अन टप’ मा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा र भुवन केसी लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको प्रदर्शनसँगै दर्शकमाझ राम्रो क्रेज देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया