सरकारले राजदूतहरु फिर्ता बोलाएको विषयमा के भन्छ कांग्रेस ?

लोकपथ
546
Shares

काठमाडौं । सरकारले हालै ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयबारे कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले राजदूत फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय कुटनीतिमा असर पर्ने बताए ।

जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले भने, ‘अहिले फेरी राजदूतहरु फिर्ता गरिएको छ । छिनछिनमा राजदूत परिवर्तन गर्ने कुराले अन्तर्राष्ट्रिय कुटनीतिमा असर पर्ने कुरा पनि बैठकमा उठेको छ । अहिले सरकारले सम्पूर्ण उर्जा र शक्ति निर्वाचन गराउनेर्फ लगाउनुपथ्र्यो । तर त्यसो गरेको देखिदैन ।’

असोज २८ गतेदेखि सुरु भएको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । नेताहरुले धारणा राख्ने क्रम जारी रहेकाले भोलि (शनिबार) पनि बैठक बस्ने उनले बताए ।

उनकाअनुसार बैठकमा केन्द्रीय सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन् । शनिबार पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताए । बैठकमा केहीले विषेश महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रवक्ता महतले भन्नुभयो, ‘हाम्रो अस्ति जस्तै बैठक जारी छ । प्रस्तुत १० वटा एजेण्डामा साथिहरुले कुरा राखिरहनुभएको छ । भोलि पनि बैठक बस्छौँ । छठ पर्वपछि बाँकी बैठकहरुलाई निरन्तरता दिन्छौँ । त्यसपछि मात्रै हामी छलफल भइहेका विषयको निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

त्यस्तै अहिलेको सरकार निर्वाचन गराउने विषयमा गम्भीर नदेखिएको बताए ।

‘अहिले सरकारले निर्वाचन गराउने भनेर सरकारले भनिरहेको छ । तर निर्वाचन गराउने कुरामा सरकार गम्भीर भएको देखिँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?