काठमाडौं । नेकपा एमालेको आगामी ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ ।
आज सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सो मितिमा महाधिवेशन गर्नेसहितको राजनीतिक प्रस्ताव पेस गरेका थिए । सोही अनुसार बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
त्यस्तै बैठकले जेनजी आन्दोलनका क्रममा नेताहरुको घर, व्यवसायीक भवन, सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म जलाएको विषयमा निष्पक्ष छानबिनको माग समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया