मंसिर २७, २८ र २९ गते महाधिवेशन गर्ने गरी गगन थापाले प्रस्तुत गरे प्रस्ताव [पूर्णपाठ]

लोकपथ
504
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर २७, २८ र २९ गते महाधिवेशन गर्ने प्रस्तावसहितको कार्यतालिका पेस गरेका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले दुई विकल्पसहित उल्लेखित मितिमा महाधिवेशन गर्नेगरी प्रस्ताव पेस गरेका हुन् ।

महामन्त्री थापाले पेस गरेको प्रतिवेदनको पहिलो विकल्पका रुपमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ । यता दोस्रो विकल्पमा सबै तहगत अधिवेशन सकेर महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

साथै दुवै विकल्पसहित स्पष्ट कार्ययोजना ल्याएर तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने महामन्त्री थापाको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?