साउनयता चितवनमा चार गैँडाको मरे

लोकपथ
49
Shares
सांकेतिक फाइल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । तीमध्ये दुई वटा भाले, एउटा पोथी र एउटाको पहिचान खुल्न बाँकी रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारणले मरेका हुन् भने एउटा गैँडा विद्युतीय करेन्ट लागेर मरेको हो । पछिल्लो पटक अमलटारी क्षेत्रमा करिब २५ वर्ष उमेरको गैँडा मृत भेटिएसँगै यो वर्ष मृत्यु हुने संख्या चार पुगेको हो ।

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?