काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनगरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाएका हुन् ।
प्रतिवेदनमा आयोगले आ-आफ्ना क्षेत्रका योजनाहरूको कार्यान्वयन, नीति–कार्यक्रम, उपलब्धि र आगामी वर्षका प्राथमिकताबारे विवरण समावेश गरेको जनाएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले आदिवासी जनजातिको हक अधिकार र सांस्कृतिक पहिचान संरक्षणमा आयोगको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्य गर्न सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया