राजीनामा माग्नेलाई ओलीको जवाफ– ‘५५ वर्षदेखि आन्दोलन बोकेर ल्याएको हुँ, जिम्मेवारी अझै छ’

लोकपथ
616
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्ने पार्टीका केन्द्रीय सदस्यहरुलाई जवाफ फर्काएका छन् ।

असोज २९ देखि ३१ गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै ओलीले आफूले ५५ वर्षदेखि सानो टुक्रा आन्दोलन बोकेर ल्याएको भन्दै अहिले नै पद नछाड्ने बताएका हुन् । साथै उनले पार्टी र राष्ट्रिय राजनीतिमा आफ्नै अझै जिम्मेवारी रहेका कारण आफूले महाधिवेशन फेस गर्ने र राजीनामाको कुरा त्यहीँ उठ्ने बताए ।

‘केही साथीले राजीनामा माग्नु भएको छ। ५५ वर्षदेखी एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ। मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छोड्दिनँ। मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला । त्यहाँ छलफल होला। प्रतिनिधिहरूसँग फैसला मागौँला,’ ओलीले भने ।

त्यस्तै उनले पार्टीभित्र भएका तिक्तता छाड्न समेत आग्रह गरेका छन् । साथै मित्रताका साथ अघि बढ्न आग्रह गरे ।

ललितपुरको भनिमण्डलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकमा कतिपय केन्द्रीय सदस्यहरुले ओलीको राजीनामा माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?