काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस महामन्त्री गगनकुमार थापालाई जेनजी आन्दोलनपछि देशको नेतृत्व गर्न सुझाव दिएको खुलासा गरेका छन् ।
भदौ २३ र २४ मा जेनजी आन्दोलन हुँदा पूर्वमन्त्री समेत रहेका योगेश भने विदेशमा रहेका थिए । त्यहीँबाट सम्पर्क गरी आफूले प्रतिनिधि सभा जोगाएर प्रधानमन्त्रीका लागि तयारी गर्न सुझाव दिएको खुलासा गरे । साथै आफूहरुले सहयोग र समर्थन गर्ने बचन दिएको समेत उनले बताए ।
‘मैले गगनजीलाई भने गगनजी यो पार्लियामेन्ट जोगाउँ, संविधान जोगाउँ र जेनजीको मागहरु पनि सम्बोधन गरौँ । जेनजीको मागहरु पनि एसटिभ्ली अघि बढौँ । अहिलेको जेनजीले अलिकति रुचाउने, उहाँहरुलाई सम्वादमा ल्याउन सक्ने पार्लियामेन्टमा तपाईँ हुनुहुन्छ । हामी छौँ, अझ रिलेटिभ्ली तपाईँ हुनुहुन्छ । तपाईँ नेपाली कांग्रेसमा नेपाली कांग्रेसको तर्फबाट दाबा गर्नुस् । तपाईँको पार्टीमा तपाईँ मिलाउनुस्, अरु पार्टीमा हामी सल्लाह गर्छौँ समर्थन गर्छौँ । भनेका थिएँ मैले तर परिस्थिति त त्यहाँ पनि पूग्नेवाला थिएन नि,’ योगेशले एक अन्तर्वार्तामा भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया