राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै कार्यवाहक अध्यक्ष भण्डारीले आयोगले विगत वर्षका गतिविधि, आगामी योजनाहरू र निर्वाचन प्रणाली सुदृढीकरणका उपायहरूबारे जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलले आयोगको कार्यप्रति सराहना गर्दै निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निरन्तर प्रयास गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?