मनोहरामा ट्याक्सीको पछाडिको सिटमा भेटियो शब

काठमाडौं, २२ कात्तिक । भक्तपुरमा मनोहरा खोलानजिकै दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको एउटा ट्याक्सीमा एक जनाको शब भेटिएको छ ।

बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्तिको शब भेटिएको प्रहरीले जनाएको छ ।

टाउकोमा ढुंगाले प्रहार गरेको जस्तो देखिने घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महाननगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाको भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?