पूर्वडीआईजी रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान

लोकपथ
742
Shares

काठमाडौं । नेपाल प्रहरीले अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ७० औँ प्रहरी दिवसको अवसरमा आज शुक्रबार उनलाई सो अवार्ड प्रदान गरिएको हो । 

उनले प्रहरी सेवामा रहँदा चुनौतीपूर्ण काम कुशलतापूर्वक सम्पन्न गरेको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले रानालाई अवार्ड हस्तान्तरण गरे ।

२०३५ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका रानाले २०६५ असोजमा डीआईजीबाट अनिवार्य अवकाश पाएका थिए । पूर्वडीआईजी राना २०११ मा दाङको घोराहीमा जन्मेका थिए । काठमाडौंको महाराजगन्जमा बस्दै आएका उनले उनले पाटन क्याम्पसबाट स्नातक तह पुरा गरेका थिए । 

२०६३ साउनमा डीआईजी पदमा बढुवा भएका रानाले प्रहरी सेवा पदक र विख्यात त्रिशक्तिपट्टसहितका पदक प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?