काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार उक्त बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा हुनेछ । नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुखहरू र विदेशी राजदूतहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्था, सरकारका हालका पहलहरू तथा आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा जानकारी (ब्रिफिङ) गरिनेछ ।
यस बैठकमार्फत सरकार र अन्तर्राष्ट्रिय समुदायबिच आपसी बुझाइ, सहकार्य र विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया