सर्पदंशबाट १० वर्षीय बालकको मृत्यु

लोकपथ
546
Shares

झापा । अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको सर्पले टोक्दा मृत्यु भएको छ ।

गए राति उनी सुतिरहेको बेला ओच्छ्यानमै सर्पले टोकेको परिवारले बताएको छ। सर्पले टोकेपछि उनलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइयो ।

 तर, उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?