काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा ११ का पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार आज सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।
बोर्डका अनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यसैगरी ग्रेड वृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामध्ये ३ हजार ५४० जना उत्तीर्ण भएका छन्।
यसरी दुई परीक्षासँगै कूल १४ हजार ९१० विद्यार्थी सहभागी भएकामध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार २ जनाको परीक्षा रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया