काठमाडौं । आइसीसी टी-२० विश्वकप एशिया तथा इष्ट एशिया-प्यासिफिक छनोट प्रतियोगितामा नेपाल आज उपाधिका लागि सामोआसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमिरतास्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार अपराह्न सवा ४ बजे सुरु हुनेछ।
नेपालले अहिलेसम्म खेलेका चारै खेलमा जित निकाल्दै आठ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। सुपर सिक्स चरणमा एक पनि खेल जित्न नसकेको सामोआ भने तालिकाको पुछारमा रहँदै विश्वकप छनोटबाट बाहिरिसकेको छ।
दोश्रो स्थानमा रहेको युएईले सबै पाँच खेल पूरा गरी आठ अंक जोडेको छ। चार खेल खेलेको ओमान छ अंकसहित तेस्रो स्थानमा रहेको छ र उसले आज जापानसँग खेल्दै उपाधि जित्ने सम्भावना कायमै राखेको छ।
नेपालले आज सामोआविरुद्ध जित निकाल्न सके उपाधि सुनिश्चित गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया