काठमाडौं । विभिन्न माग राखेर जेनजीका प्रतिनिधिहरु राष्ट्रपति भवन शीतल निवासमा वार्ताका लागि पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु समेत उक्त बैठकमा सहभागि रहेका छन् ।
उक्त बैठकमा उपस्थित जेनजीहरुका प्रतिनिधिहरुले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुसँग आ–आफ्ना मागहरु राखेका छन् ।
सो बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी रहेका छन् ।
भदौ २३ र २४ को जेनजी विद्रोहपछि जेनजी समूहरुबिच मतभेद देखिएको छ । जसकारण जेनजीका प्रतिनिधिहरुले आ–आफ्ना मागहरु राखेर सरकारलाई दबाब दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया