काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
यसअघिको सरकारले नियुक्त गरेका राजदूतहरुलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारले उत्तरी छिमेकी देश चीनका राजदूतलाई समेत फिर्ता बोलाउँदा दक्षिण छिमेकी देश भारतका लागि नेपाली राजदूतलाई भने यथावत राखेको छ ।
सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार चीन, अमेरिका, रुस लगायत ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय निर्णय भएको हो ।
उनीहरुलाई कार्तिक २० गतेभित्र नेपाल फर्किसक्न निर्देशन समेत दिइएको छ ।
‘चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदीअरब, स्पेन, संयुक्त अधिराज्य, संयक्त अधिराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरुको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई २०८२ कार्तिक २० गतेभित्र नेपाल फर्किसक्नेगरी फिर्ता बोलाउने निर्णय भएको छ,’ सरकारका प्रवक्ता खरेलले बताए ।
उनका अनुसार चीनमा प्रा.डा. कृष्णप्रसाद ओली, जर्मनीमा डा. शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदीअरब नरेश विक्रम ढकाल, स्पेन सनिल नेपाल, संयुक्त अधिराज्य बेलायत चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया