काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा राजधानीका पुराना बजारहरू असन, इन्द्रचोक र न्युरोड तिहारको रौनकले भरिएका छन् । बिहानैदेखि भाइमसला, फूलमाला, रंग, लक्ष्मीको फोटोदेखि , पाला जस्ता आवश्यक सामान किन्न आउने मानिसहरूको भीड बढ्न थालेको छ ।

तिहारमा भाइमसलाको विशेष महत्त्व हुन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्दै टीका लगाउँदा ओखर, नरिवल, काजु, बदाम, पिस्ता, किसमिसलगायतका मसला अर्पण गर्छन् । यी मसलाहरू सेलरोटी, मिठाई र फलफूलसँगै राखिन्छन्, जसले चाडको मिठास झन् बढाउँछ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया