काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले घोषणा गरेको निर्वाचनमा सबै नेपाली सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अगाडि बढाउन अग्रिम पंक्तिमा उभिनुपर्ने बताए ।
नेता डा.कोइरालाले भने, ‘सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान अहिले अर्धमुर्छित अवस्थामा छ । यस संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भविष्यको राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।’
उनले भने,‘ राजनीतिक दल, जेनजी पुस्ता लगायत सबैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको छ । निर्वाचनको वातावरण निर्माण गर्न गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरू सरकारको नियन्त्रणमा आउनुपर्छ ।’
त्यस्तै, जेलबाट भागेका अपराधीहरूलाई पुनः युद्ध स्तरमा खोजेर कानुनको कठघरामा ल्याउन ढिला गर्नु नहुने बताए ।
कांग्रेसलाई ‘नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी’ बनाउन आगामी मंसिरमा पार्टीको १५औँ महाधिवेशन आवश्यक रहेको उनले बताए । नियमित महाधिवेशनबाट मात्र सबैको सम्बोधन र नेतृत्वमा ताजापन सम्भव हुने उनको भनाइ थियो ।
नेता डा.कोइरालाले एकताबद्ध, बलियो र समयसापेक्ष परिवर्तन हुने कांग्रेस आजको आवश्यकता भएको बताए । उनले २०७९ सालमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेका भन्दै वा विद्रोही उम्मेदवार उठेका कारण कारबाही सिफारिस भएका सबै कारबाही फिर्ता गर्न माग पनि राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया